April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बाढी-पहिराेले कालिकोटमा ५ बेपत्ता १ काे मृत्यु ,पुल बगायाे

बाढी-पहिराेले कालिकोटमा ५ बेपत्ता १ काे मृत्यु ,पुल बगायाे

लगातारको वर्षाका कारण कालिकोटकाे रास्काेट नगरपालिका- १ वड्डालामा पहिराे जाँदा जयबहादुर शाहीसहित ५ जना बेपत्ता भएका छन् ।

शान्नी त्रिवेणी गाउँपालिका- ७ मा टेकबहादुर टमटाकाे घर पहिराेले पुरिँदा पानी परेपछि ओत लाग्न बसेकी वर्ष १४ की बेलपुरा शाहीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जाेशीले बताउनुभयाे ।

Advertisement

पहिराेकै कारण रास्काेट नगरपालिका- १ की १८ वर्षिया यशाेदा टमटा र ८० वर्षिया मयसरा टमटा घाइते भएका छन् ।

साथै पहिराेले कर्णाली करिडोर अन्तरगत पर्ने फुगाड बेलीब्रिज पुल समेत बगाएको छ । बेपत्ता ब्यक्तिकाे खाेजी कार्य भइरहेको डिएसपी श्यामबाबु ओलियाले बताउनुभयाे । पानी पर्न नराेकिएकाले खाेज तथा उद्धारमा कठिनाइ भएको उहाँकाे भनाइ छ ।