May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फोटो खिच्नेक्रममा डुंगाबाट खसेर अमेरिकमा एक नेपालीको मृत्यु

फोटो खिच्नेक्रममा डुंगाबाट खसेर अमेरिकमा एक नेपालीको मृत्यु

काठमाण्डौँ – अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी अस्मिता खनालको तालमा डुबेर मृत्यु भएको छ। उनको जुलाई २३ आइतबा साँझ मृत्यु भएको हो।

गर्मी विदाको समयमा साथीसँग घुम्न तालमा गएकी खनाल फोटो खिच्नेक्रममा डुंगाबाट खसेर तालमा बेपत्ता भएकी थिइन्। आफू बस्ने टेक्सासको अर्भिंगबाट १ घण्टाको दूरीमा रहेको लुइभिल तालमा साथीसहित पुगेकी २३ बर्षीया खनालले शुरुमा लाइफ ज्याकेट लगाएर बोटमा चढेकी थिइन्। तर, पछि तस्वीर खिच्ने क्रममा लाइफ ज्याकेट खोलेको र फोटो खिच्नेक्रममा बोटबाट चिप्लिएर लडेको बताइएको छ।

Advertisement

उनीसँगै बोटमा रहेका साथीले तत्काल उनलाई बचाउने प्रयास गरेपनि तालमा खसेपछि उनी गहिरोस्थानमा डुबेकोले सम्भव नभएको बताइएको छ।

गोताखोरसमेत प्रयोग गरेर प्रहरीले केही घण्टामा अस्मिताको शव तालभित्र डुबेको अवस्थामा फेला पारेको थियो । उनको शवलाई टेर्रेन्ट काउन्टी मेडिकल एक्सामिनर सेन्टरमा राखिएको छ।