April 19, 2025, Saturday
२०८२ बैशाख ६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रहरीद्धारा बरामद १५ किलोमध्ये सुन मध्ये आधा किलो मात्रै सक्कली !

प्रहरीद्धारा बरामद १५ किलोमध्ये सुन मध्ये आधा किलो मात्रै सक्कली !

काठमाण्डौँ – मंगलबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले कमलादीको सडकमा हिँडिरहेका २ व्यक्तिले फालेको झोला चेक गर्दा १५ किलो पहेँलो धातु फेला पारेको थियो ।

प्रहरीले पहेँलो धातु सुन नै भएको आशंकामा अनुसन्धान अगाडि बढाएको थियो । जसअन्तर्गत बरामद धातुमध्येको नमूना संकलन गरी परीक्षणका लागि नेपाल सुन चाँदी व्यवसायी महासंघको ‘ल्याब’मा पठाइएको थियो । तर, ल्याबमा परीक्षण गर्दा लगिएको नमूना ‘नक्कली सुन’ भएको पाइएपछि बरामद भएको पूरै धातु परीक्षण गरिएको थियो ।

Advertisement

पूरै धातु परीक्षण गर्दा करिब ५०० ग्राम (आधा किलो) मात्रै सक्कली सुन निस्किएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए ।

‘बरामद भएको वस्तु सुन हो कि हैन भनेर यकीन गर्न नमूना परीक्षण गर्दा नक्कली सुन भएको पाइयो । त्यसपछि बरामद भएको सबै धातु परीक्षण गर्‍यौं,’ एसएसपी ज्ञवालीले भने, ‘सबै धातु परीक्षण गर्दा करिब ५०० ग्राम मात्रै सक्कली सुन निस्कियो ।’

विशेष सूचनाका आधारमा मंगलबार बिहान प्रहरीको विशेष टोलीले कमलादीको सडकमा हिँडिरहेका २ जनाको पिछा गरेको थियो ।