April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मनसुनी वायुको प्रभावले परेको वर्षातबाट २४ घण्टामा ८ को मृत्यु, २ बेपत्ता

मनसुनी वायुको प्रभावले परेको वर्षातबाट २४ घण्टामा ८ को मृत्यु, २ बेपत्ता

This image depicts the rain in Asia. Image: Nepal Weather Forecast Twitter

साउन १३, काठमाडौं । मनसुनी वायुको प्रभावले परेको वर्षातबाट निम्तिएको विपद्मा परी पछिल्लो २४ घण्टामा आठ जनाले ज्यान गुमाएका छन् । भने दुई जना अझै बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण्को सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको तथ्याङकले यस्तो देखाएको हो ।

प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी १४ स्थानमा पहिरो, सात स्थानमा अबिरल वर्षा, पाँच स्थानमा आगलागी भएको छ । मुस्ताङमा पहिरोले घर भत्किदा एकको मृत्यु र अर्का एक जना घाइते भएका थिए । रुकुममा पहिरोमा परी दुई जनाको मृत्यु र एक घाइते भएका थिए ।

Advertisement

दार्चुलामा पहिरोमा परी बेपत्ता भएका एक बालक मृत फेला परेको प्राधिकरणले जनाएको छ । त्यस्तै बाग्लुङमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भयो भने पाल्पामा पहिरोको भलले बगाउँदा एकको मृत्यु भएको थियो । त्यस्तै म्याग्दीमा पहिरोले रुख ढल्दा च्यापिई दुई जना घाईते भएका थिए ।

त्यस्तै गरी तीन राजमार्ग अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । भोजपुरको पौवादुम्मा गाउँपालिका–२ तिवारी भन्ज्याङस्थित मध्य महाडी लोकमार्गमा पहिरो झरी बाटो अबरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ कोठेस्थित अरनिको राजमार्ग अबिरल परेको वर्षाको कारण ढुंगा र लेदो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । भने पाल्पाको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै सिद्धार्थ राजमार्गमा पहिरो झरी बाटो अबरुद्ध भएको छ ।

यो सँगै मनसुन सुरु भए यता जेठ ३० यता पहिरोमा परी एक सय २९ को मृत्यु, ४४ जना बेपत्ता र एक सय १८ जना घाइते भएका छन् । भने बाढीमा परी तीन जनाको मृत्यु , ६ जना बेपत्ता भएका छन् ।