May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भक्तपुरको भिसिंखेलेमा एन्टिक ड्राइभिङ सेन्टर सञ्चालन : ३ करोडको लागत

भक्तपुरको भिसिंखेलेमा एन्टिक ड्राइभिङ सेन्टर सञ्चालन : ३ करोडको लागत

भक्तपुरमा करिव ३ करोडको लगानीमा बिभिन्न सुबिधायुक्त एन्टिक ड्राइभिङ सेन्टर सञ्चालनमा आउने भएको छ ।

आगामी भदौ महिनाको पहिलो साता उद्घाटन गर्ने लक्ष्यका साथ निर्माणको काम भइरहेको छ । निर्माणको काम अन्तिम चरणमा पुगिसकेको उक्त स्थान भिसिंखेल अरनिको राजमार्ग आदर्श बस स्टप दागाचाबाट करिव ३०० मिटर पश्चिम भिसिंख्यो मन्दिर (सिद्धि स्मृति अस्पताल) सँगै र अरनिको राजमार्ग काँलाचा घुम्तीबाट करिव १ सय ५० मिटर उत्तर भक्तपुर नगर प्रवेश गरेपछि मूदिपसंगै रहेको छ ।

Advertisement

उक्त स्थानमा सवारी चालक अनुमति पत्र लिनका लागि गाडी, मोटरसाइकल तथा स्कुटर ट्रायल तथा जादै नजानेलाई सिक्नको लागि नयाँ स्थान खोलिएको हो । एन्टिक ड्राइभिङ सेन्टर करिव ८ रोपनीको क्षेत्रफलमा गाडीको र ४ रोपनीको क्षेत्रफलमा मोटर साइकल सिक्ने तथा ट्रायल गर्ने ठाउँको शुरुवात गर्न लागेको हो । निर्माणको अन्तिम चरणमा पुगेको उक्त स्थानमा सिकाउनको लागि ८ वटा गाडी, मोटरसाइकल ४ वटा र स्कुटर ५ वटाबाट शुरु गर्न लागिकोे एन्टिक ड्राइभिङ सेन्टरका सँचालक लालकाजी श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म करिव ३ करोड खर्च भइसकेको छ ।

प्रशिक्षार्थीलाई प्रत्येक दिन दिनको १ घण्टा प्रशिक्षण दिइने छ । गाडीको प्रति महिना १६ हजार रुपैयाँ शुल्क तोकिएको छ भने मोटरसाइकल तथा स्कुटर सिक्नलाई प्रतिमहिना ९ हजार र १५ दिनको लागि ५ हजार रुपैयाँ लाग्ने जानकारी पनि सञ्चालक श्रेष्ठले दिनु भयो । समूहमा आउने ५ जनामा १ जनालाई निशुल्क प्रशिक्षण दिइने उहाँको भनाइ छ । उक्त स्थानमा मनोरञ्जन तथा खानाको लागि क्याफ्टेरिया, कफीशप, बिभिन्न कार्यक्रम गर्नको लागि करिव ३० ÷ ३५ जना बस्न मिल्ने हलको पनि ब्यवस्था गरिएको छ ।