May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

गौतमलाई भेट्न भैंसेपाटी पुगे ओलि , २ घण्टा लामो छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीचको छलफल सकिएको छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मंगलबार दिनभर वालुवाटारमै घेराबन्दी गरेपछि साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेर उहाँ गौतमलाई भेट्न भैंसेपाटी पुग्नुभएको थियो ।

Advertisement

अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच के विषयमा छलफल भयो ? भन्ने जानकारी भने गराइएको छैन । करिब २ घन्टा लामो उपाध्यक्ष गौतमसँग छलफल गरेर ओली बालुवाटार फर्किनुभएको जानकारी गराइएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै भैंसेपाटी पुग्नुभएका महासचिव विष्णु पौडेल र उपाध्यक्ष गौतमबीच छलफल जारी रहेको जानकारी गराइएको छ । नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका समयमा ओली र गौतकको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।