May 3, 2024, Friday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कालापानी क्षेत्रका  सुरक्षामा  भारतकाे कडाइ ३ देखि ५ किलोमिटर दुरीमा एसएसबी क्याम्प !

कालापानी क्षेत्रका सुरक्षामा भारतकाे कडाइ ३ देखि ५ किलोमिटर दुरीमा एसएसबी क्याम्प !

भारतले नेपाली भूमि लिपूलेक, कालापानी र लिम्पीयाधुरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । केहीदिन अघि मात्रै भारतले कालापानी, लिम्पीयाधुरा लगायत नेपालसँग विवादित भूमि आफ्नो दावी गर्दै सो क्षेत्रमा नेपालीहरू नपठाउन नेपाललाई आग्रह गरेको थियो ।

त्यसकाे केही समयपछि सो क्षेत्रमा भारतले बिगतका भन्दा कडा सुरक्षा व्यवस्था पार्दै सीमामा भारतीय सुरक्षाबल एसएसबीको संख्या बढाएको स्थानीय बताउछन् । अहिले भारतले दार्चुलाकाे कालापानीसहित प्रत्येक संवेदनशील क्षेत्रमा ३ देखि ५ किलोमिटरको दुरीमा सुरक्षा पाेष्ट राखेको स्थानीयकाे भनाइ छ । केही दिनअघि मात्रै सशस्त्र क्याम्प छाङ्ग्रुबाट कालापानी क्षेत्रमा गस्तीका लागि गएको सशस्त्रलाई भारतीय सीमा सुरक्षाबल एसएसबीले ३ किलोमिटर ओरैबाट फर्काइदिएको स्थानीय जनप्रतिनिधीहरूकाे भनाइ छ ।

Advertisement

भारतले लकडाउनको अवसर पारेर नेपाली भूमि हुँदै मानसरोबार जाने बाटो उद्घाटन गरेपछि नेपाल सरकारले पनि सो क्षेत्रसहित समेटिएको नेपालको आधिकारिक नक्सा छापेको थियो । तर नेपाल सरकारले औपचारिक वार्ता गर्न सकेको छैन । नेपाल सरकारको तर्फबाट विवादित भूमिको केही किलोमिटर यता छाङ्ग्रु भन्ने ठाउँमा सशस्त्र बेश क्याम्प भने खडा गरेको छ । त्यस्तै नेपाली सेनाले दार्चुला टिंकर सडक योजना बनाएर उत्तरी तर्फ रहेको ८७ कि.मि सडकखण्ड नेपाली सेना मार्फत निर्माण भइरहेको छ । असार ३ गते नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल कालापानी क्षेत्रको अनुगमन गरेर फर्किनु भएको थियो ।

सो क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ सशस्त्र प्रहरी खटाइएको छ । त्यसअघि नेपाली सेनाको हेलिकप्टरबाट दुई पटक गरेर सशस्त्र प्रहरी, नेपाल प्रहरी र बिओपीका लाग चाहिने सामान छाङ्ग्रु पुर्‍याएको थियो । सोही टोलीले कालापानी क्षेत्रमा कगस्ती गर्दै आएको थियो । तर अहिले भारती सीमा सुरक्षा बलले उनीहरुलाई सीमा क्षेत्रमा निर्वाद रूपमा गस्ती गर्न दिईरहेको छैन ।

भारतले केहिदिन अघि मात्रै कालापानी क्षेत्रमा नेपालीहरुलाई अवताजावतमा प्रतिबन्ध लगाएको छ । उसले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई कुटनीतिक नोट पठाउदै सो क्षेत्रमा नोपालीलाई आवतजावतमा रोक लागाउन भनेको थियो । हालै भारतलाइ जिल्ला प्रसाशन कार्यालय दार्चुलाले लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने र घुमाउरो पारामा भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको जवाफ दिएकाे छ ।