April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पृथ्वीराजमार्ग पहिरोले बिहानदेखि अवरुद्ध

पृथ्वीराजमार्ग पहिरोले बिहानदेखि अवरुद्ध

तनहुँ – अविरल वर्षाको कारण गएको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

Advertisement

सडकमा ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए ।