May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुशान्तका पिताले दिए रियाविरुद्ध उजुरी

सुशान्तका पिताले दिए रियाविरुद्ध उजुरी

मुम्बई –  आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतका पिताले रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन्। साथै उनले रियामाथि गम्भीर आरोप लगाएका छन् ।

सुशान्तका पिताले आफ्नो स्टेटमेन्टमा भनेका छन्, ‘मेरो छोरा सुशान्तले फिल्म क्षेत्र छोडेर केरलामा अर्गानिक खेती गर्न चाहन्थे, उसको साथ महेश पनि जानका लागि तयार थिए, तर रियाले यो कुराको विरोध गरेकी थिइन् ।’

Advertisement

सुशान्तका पिताले रियाले सुशान्तलाई आफ्नो कुरा नमाने मेडिकल रिपोर्ट दिने र सुशान्त पागल भएको बताउने धम्की दिएको पनि आरोप लगाएका छन् ।

उजुरीमा सुशान्तका पिताले सुशान्तले आफ्नो कुरा नमानेको र बैंक ब्यालेन्स पनि कम भइरहेका बेला सुशान्तलाई छोडेको बताएका छन् ।

‘रिया सुशान्तका साथ रहेकी थिइन्, उनी ८ जुनमा सुशान्तको घरबाट सारा सामान, ल्यापटप, क्रेडिट कार्ड र उनका पिन नम्बर र औषधिका सारा सामान लिएर गएकी थिइन्,’ उनले उजुरीमा भनेका छन् ।

रियाले आफ्नो फोन सुशान्तको फोनमा ब्लक गरिदिएको पनि उनले आरोप लगाएका छन् ।

‘रियाले मलाई कहीँ फसाउँछे, ऊ यहाँबाट धेरै सामान लगेर गएकी छ भन्दै मलाई छोराले फोन गरेको थियो,’ उनले भनेका छन ।

रिया गएपछि सुशान्त निकै तनावमा रहेको पनि सुशान्तका पिताले बताएका छन् । उनले रियाका कारण आफ्ना छोराले आत्महत्या गरेको आरोप पनि लगाएका छन् ।