May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुशान्त आत्महत्या प्रकरणः पूर्व प्रेमिको यस्तो खुलाशा

सुशान्त आत्महत्या प्रकरणः पूर्व प्रेमिको यस्तो खुलाशा

मुम्बई – सुशान्त सिहं राजपूतको आत्महत्या केशमा रिया चक्रवर्तीलाई लिएर सुशान्तकी पूर्व गर्लफ्रेण्ड अंकिता लोखंडेले खुलासा गरेकी छिन् ।

बिहार प्रहरीलाई अकिंताले बताएअनुसार फिल्म ‘मणिकर्णिका’ को प्रचारका बेला सुशान्तले विश गर्न म्यासेज गरेका थिए ।

Advertisement

त्यतिबेला दुवैबीच च्याट भयो र कुराकानी पनि भयो । सुशान्तले च्याटका क्रममा अकिंतालाई आफू रियासँगको सम्बन्धमा खुशी नभएको बताएका थिए ।

‘उनी रियासँगको सम्बन्धका बारेमा निकै तनावमा थिए, उनी यो सम्बन्ध टुटाउन चाहन्थे किनकि रिया चक्रवर्तीले उनलाई निकै हैरान बनाएकी थिइन्,’ अकिंताले भनेकी छिन् ।

अकिंताले उक्त च्याट बिहार प्रहरीसँग शेयर गरेकी छिन् ।

सुशान्तको मृत्युपछि अंकिता दुईपटक पटना गएकी थिइन् । त्यतिबेला उनले सुशान्तकी बहिनी स्वेतालाई पनि भेटेकी थिइन् । अकिंताले स्वेतालाई उक्त च्याट देखाएकी थिइन् ।

अकिंताले यस विषयमा ट्वीट पनि गरेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् – सत्यले जित्छ ।

हालै सुशान्तका पिताले पनि रियाविरुद्ध उजुरी दिएका थिए ।