कुरिनटारमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध
काठमाण्डौँ – पृथ्वीराजमार्ग अन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।



प्रतिकृया दिनुहोस्