April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि, कोसी अस्पतालको बहिरंग सेवा बन्द

इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि, कोसी अस्पतालको बहिरंग सेवा बन्द

साउन १५, विराटनगर । इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कोसी अस्पतालको बहिरंग सेवा(ओपीडी) अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडीलगायतका विभागमा कीटाणुनाशक रसायन छर्किने काम भइरहेको बुढाथोकीले बताए । संक्रमितको सम्पर्कमा आएका १४ जनामध्ये २ जनालाई होम क्वारेन्टाइन र १२ जनालाई स्थानीय एक होटेलमा निगरानीमा राखिएको छ ।

Advertisement

प्रदेश एककै प्रमुख कोसी अस्पतालमा सामान्यतया दैनिक १२ सयको हाराहारीमा बिरामी आउने गरेका छन् । कोरोना महामारीका कारण पछिल्लो समय भने दैनिक ६ सयको हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीसहित करिब ५ सय कार्यरत छन् । ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन ।

अहिले ६ सयको हाराहारीमा आउँछन् । चिकित्सकसहित ५ सय कर्मचारी संक्रमितको सम्पर्कमा आएका २ जना होम क्वारेन्टाइनमा र १२ जना स्थानीय होटेलमा राखिएको छ ।