निर्मला हत्या प्रकरणः अनुसन्धानमा संलग्न एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ
कञ्चनपुर – कञ्चनपुरकी बालिका निर्मला बलात्कारपछि हत्याको घटना अनुसन्धानमा संलग्न कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित प्रहरीले सफाइ पाएका छन् ।
बुधबार जिल्ला अदालत कञ्चनपुरबाट उनीहरुले सफाइ पाएका हुन् । उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्दा दर्ता भएको थियो ।
तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट बिहीबार सफाइ पाएका हुन् ।

प्रतिकृया दिनुहोस्