April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा  स्थगीत

सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा स्थगीत

साउन १६, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकारले कुनै पनि मेला, पर्व, जात्रा नगर्न/नगराउन गरेको निर्देशनबमोजिम यस वर्ष सो जात्रा सञ्चालन नगर्न तेमाल गाउँपालिकाले निर्देशन गरेको हो ।

तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बुधबार सूचना जारी गरेर यही साउन १९ गते जनैपूर्णिमाका दिन तेमाल नारायणस्थानस्थित धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध सत्यनारायणको मन्दिरमा जनैपूर्णिमा मेलामा लाग्दै आएको जात्रा कोभिड–१९ को प्रभावका कारण सञ्चालन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको हो । सो मेलामा जात्रा हेर्नका लागि तेमाल, रोशी, कोशीपारिलगायत जिल्लाका विभिन्न स्थानबाट मान्छे आउने गर्थे ।

Advertisement

यसैबीच पाँचखाल नगरपालिकाले जनैपूर्णिमा र गाईजात्राका अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले सूचना जारी गर्दै आउँदो सोमबार १९ र मङ्गलबार २० गते सार्वजनिक बिदा दिइने जानकारी दिनुभयो ।