May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुनाहाफाँटामा बाढी पिडीतको त्रिपाल मुनि बास

सुनाहाफाँटामा बाढी पिडीतको त्रिपाल मुनि बास

साउन १६, कैलाली । ‘घर डुब्यो, खेत डुब्यो, भएको खाद्यान्न सबै बाढीले बगाएर लग्यो’ कैलालीको भजनी नगरपालीका ८ सुनाहाफाँटाका धर्म राज ढुंगानाले आफनो बिलौना सुनाए । अविरल वर्षा पछि आएको बाढीबाट ज्यान जोगाएका उनी अहिले त्रीपाल टांगेर सडकको बास बसेका छन् ।

सुनाहाफाँटाका धर्म राज मात्रै होइन हुलाकी राजमार्गमा करिब ६ सय परिवार त्रिपाल मुनि जीवन बिताइरहेका छन् । त्यहाँ बसेको चक्र धमलाका अनुसार सडकमा बास बसेको २४ घण्टा वितिसक्दा पनि राहतका लागि कोही पुगेका छैनन् ।

Advertisement

यो क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको छ । यो समस्या समाधानको लागि यहाँका नागरिकले सरकारलाई धेरै पटक माग पत्र बुझाएका छन् । तर स्थानियको गुनासोबारे सरकारले कुनै वास्ता नगरेको बाढी पीडित ओम प्रकाश पाण्डेले बताए ।

‘यहाँका नागरिकको नियती नै यस्तै रहेछ, अघिल्लो वर्ष पनि १९ दिनसम्म सडकमै बास बस्याैं,’ पाण्डेले स्मरण गर्दै भने ‘ सरकारका मान्छे आउछन्, जान्छन् जनताको समस्याबारे कसैले बोल्दैन्, यस पटक त बल्ल बल्ल बाचियो , अब पछि के हुन्छ थाहा छैन ।’

हरेक वर्ष बाढीले  घर र  लगाएको खेतबाली बगाउने गरेकाे पाल मुनि बसिरहेकी देबी कला ढुंगानाले बताइन् । बाढीबाट प्रभावित भएकाहरु केही हुलाकी सडकमा बसिरहेका छन् भने केहीलाई स्थानीय सरकारले विभिन्न स्थानमा ब्यबस्थापन गरेको जनाएको छ ।

यता बाढीमा बेपता भएका ३ जना मध्य एक जनाको शव पनि भेटीएको छ । भजनी –८ जनकपुरका ९ वर्षीय स्केल चौधरीको शव झाडीमा अड्किएको अवस्थामा भेटिएको प्रहरिले जानकारी दिएको छ ।

बाढीमा बगेर बेपत्ता अन्य ४२ वर्षका इश्वर शाही र ३३ वर्षका चक्र विकको खोजी कार्य भैरहेको जील्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।