April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना नियन्त्रण गर्न विराटनगरमा छुट्टै रणनीति,उच्च स्तरिय चार समिति गठन

कोरोना नियन्त्रण गर्न विराटनगरमा छुट्टै रणनीति,उच्च स्तरिय चार समिति गठन

साउन १६, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि छुट्टै रणनीति ल्याएको छ ।

विराटनरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीयहरुमा कोरोना संक्रमण देखिन थालेपछि महानगरभित्र रहेका सरकारी तथा निजी अस्पताल र नर्सिङहोमका संचालकहरुसँग समन्वय गरेर अगाडि बढ्ने भएको छ ।

Advertisement

महानगरपालिकाले सबै अस्पतालका संचालकहरु र व्यवस्थापकहरुसँग बिहिबार छलफल गरी नयाँ रणनितिका साथ अगाडि बड्ने निणर्य गरेको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलिले जानकारी दिनुभयो ।

उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सञ्चालकहरुको समन्वयमा उच्च स्तरिय चारवटा समिति गठन गरेको जानकारी
दिनुभयो । उहाँका अनुसार होमक्वारेन्टान समिति, पिसिआर ल्याव स्थापना समिति, मनोपरामर्श समिति , कन्ट्राक ट्रेसिङ समिति गठन गरिएकाे छ ।

होमक्वारेन्टान समितिको संयोजकमा डा.हेम सागर रिमाल संयोजक रहेका छन् भने सदस्यहरुमा डा.शेखर अधिकारी, डा. फरवार्ड सिलवाल, कोशी
अस्पतालबाट एकजना प्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत आमन्त्रीत सदस्य, विराटनगर महानगरका स्वास्थ्य निरिक्षक हैदर अली सदस्य सचिव रहेका छन् ।

त्यसै गरी पिसिआर ल्याव स्थापना समितिको संयोजकमा डा शुसिल तापडिया, सदस्यहरुमा डा.राजेश नेपाल, डा कैलाश श्रेष्ठ, रन्जितराज बस्नेत, विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत आमन्त्रित सदस्य तथा दिलिप कुमार यादव सदस्य सचिव रहेका छन् ।

मनोपरामर्श समितिको संयोजकमा अर्चना पोखरेल संयोजक, सदस्यहरुमा डा. मुक्ति आचार्य, डा.निकेश राज भण्डारी, प्रमुख प्रशासकिय अधिकृत
आमन्त्रीत सदस्य तथा रश्मी निरौला सदस्य सचिव रहेका छन् ।

कन्ट्राक ट्रेसिङ समितिको संयोजकमा डा.सूर्य पराजुली संयोजक, सदस्यहरुमा डां पार्थ गुरागाई, प्रमुख प्रशासकिय अधिकृत आमन्त्रीत सदस्य तथा राजेन्द्र कुइकेल सदस्य सचिव रहेका छन् ।

मेयर पराजुलिले समितिमा रहेका पदाधिकारी तथा सदस्यहरुले कोरोना संक्रमण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले सो छलफलमा विराटनगरका सवै अस्पताल तथा नर्सिङहोममा कार्यरत प्राबिधिक तथा प्रशासनिक कर्मचारिलाई कोरोना संक्रमण भए आ-आफ्ना
अस्पतालमै ब्यवस्थापन गर्ने समेत निर्णय गरेको जाकारी दिनुभयो ।