April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
थप २८ जनामा कोरोना पुष्टि संगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुग्यो

थप २८ जनामा कोरोना पुष्टि संगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुग्यो

प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गरी परीक्षण गर्दा थप २८ जनामा काेराेना संक्रमण देखिएको हो ।

याेसँगै प्रहरी प्रधान कार्यालयका कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन् ।

Advertisement

उनीहरू कसरी काेराेना सर्याे भनेर अहिलेसम्म नखुलेकाे प्रवक्ता कडायतले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘उहाँहरूमा कसरी सर्‍यो भन्ने खुलेको छैन ।  बाहिर जादाँ कतैबाट सरेको होला तर कहाँबाट भन्न सकिने अवस्था छैन ।’

संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको उहाँले जानकारी दिनुभयाे ।  हालसम्म देशभर २५० जना प्रहरी अधिकृतमा काेराेना संक्रमण देखिएकाे छ ।