May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरू पका्रउ

‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरू पका्रउ

‘इनफ इज इनफ’ अभियानका अभियन्तालाई प्रहरीले हिरासतमा लिएको छ । शुक्रबार सरकारको विरोधमा विभिन्न स्थानबाट प्रदर्शनमा उत्रिएका अभियन्तालाई प्रहरीले हिरासतमा लिएको हो ।

Advertisement

प्रहरीले हिरासतमा लिएकाहरु रन्जु दर्शना , सुदन गुरुङ, शशी विक्रम कार्की, आलोक सुवेदी, विजयबाबु सिवाकोटी, व्रितान्त खनाल, सौरव न्यौपाने, सचिन तिमल्सिना, सुदन मानन्धर, ज्ञानेन्द्र शाहीलगायत रहेका छन् । उनीहरुलाई मालीगाउ, महाराजगञ्ज, कमलपोखरी, दरबारमार्गबाट हिरासतमा लिइएको हो ।

कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्नेलगायतका माग राखेर सुरु गरिएको अभियानमा सरकारले १२ बुँदे सहमति गरेको थियो । सरकारले सहमति गरे पनि कार्यन्वयनमा नआएपछि अभियन्ताहरु फेरि आन्दोलित बनेका हुन् ।