May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । यसैबीच, पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालका अनुसार उच्च रक्तचापको समस्याका कारण उनी यही साउन ६ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

Advertisement

आज विहान ९ : १५ बजे संक्रमित उक्त महिलाको निधन भएको पनि प्रमुख डा. गेलालले जानकारी दिनुभयो ।