May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

साउन १६, पाल्पा । स्वदेशदेखि विदेशसम्म ख्याती कमाएको पाल्पाली ढाका उद्योग यतिखेर संकटमा परेको छ ।

सयौं जनालाई प्रत्यक्ष रुपमा रोजगारीको सृजना गरेको ढाका उद्योगलाई कोभिड १९ को संक्रमणका कारण देशैभर भएको लकडाउन संगसंगै वुटवल तानसेन सडकको दुरावस्थाको कारणले यति खेर ढाका उद्योग संकटमा परेको हो ।

Advertisement

एक सय वर्ष लामो इतिहास वोकेको पाल्पाली ढाका आन्तरिक र वाह्य र्पयटकहरुको मुख्य रोजाईमा परेको भएपनि कोभिड १९ को संक्रमणको त्रासले आन्तरिक तथा वाह्य पर्यटक ठप्प हुँदा व्यवसाय नै धरापमा परेको हो ।

पाल्पा जिल्लाको पहिचान बनेको ढाकाको व्यापार प्रतिदिन खस्किदै गरेको कारण उद्योगमा काम गर्ने कामदारहरुको समेत विचल्ली हुन पुगेको छ ।

पाल्पामा उत्पादित ढाकाबाट टोपी, चोली, पछ्यौरीमात्र नभई विभिन्न वस्तु तयार गरी व्यवसायिक सफलताको वाटोमा यात्रा गर्दा गर्दे गत चैतदेखि भएको लकडाउन साउन १ गते देखि खुकुल्लो भए संगै धेरैजसो पसल व्यवसाय खुलेको भएपनि पाल्पाका अधिकांस ढाका पसल वन्द रहेका छन् ।

ढाकाबाट विभिन्न सामान तयार गरेपनि पछिल्लो समयमा मास्कमा मात्र व्यवसायीहरु खुम्चिएका छन् । जिल्लामा एक सय भन्दा वढी उद्योग भएको विगतका वर्षमा आन्तरिक र वाह्यपर्यटक आउने समयमा दैनिक १० देखि ५० हजार रुपैयाँ सम्मको ढाका जन्य वस्तुको व्यापार गर्ने व्यवसायीहरुको यति खेर व्यापार नहुँदा फुर्सदिला समेत हुन पुगेका छन् ।

सञ्चालनका लागि कोभिड १९ संक्रमणको भय, त्यसैमाथि पाल्पा वुटवल पाल्पा सडक अत्यन्त नाजुक हुँदा पनि ढाकाको व्यापार खस्किदै गएको र व्यवसायीहरुले वैकल्पीक व्यवस्था अपनाउनु पर्ने समय आएको व्यवसायी शितम भण्डारी वताउनु हुन्छ ।

तानसेनमामात्र नभई यस आसपासका क्षेत्रमा छरिएर रहेकाका ढाका व्यवसायीहरुको समस्या उस्तै भएपनि सहरी क्षेत्रका व्यवसायीहरुलाई सटर भाडा वुझाउन कठिन भएको छ । एकातर्फ कोभिड १९ अर्को तर्फ वर्षातका कारणले पनि व्यवसायी धराशायी बन्दै गएको व्यवसायी ज्ञानु कार्कीको अनुभव रहेको छ ।

तानसेन प्रवेश गर्ने पर्यटकको रोजाईमा पर्ने ढाका, ढाका व्यवसायीहरु संकटमा परेको, उत्पादित वस्तु कम मूल्यमा विक्री गर्नु पर्ने वाध्यता भएको र व्यापार नभएपछि सामानहरु गोदाममा थन्काउन परेको व्यवसायीहरुको गुनासो छ । वैंकको व्याज तिर्न समेत कठिन हुने अवस्था आएको र यस तर्फ सरकारले कुनै ध्यान नदिएको व्यापारी हरि रायमाझी वताउनु हुन्छ ।

पर्यटन व्यवसायसंग जोडिएको ढाका व्यवसायलाई कोभिड १९ ले प्रभावित तुल्याउदा ढाका उद्योगको पहिचान नै गुम्ने अवस्थामा पुगेको छ । वुटवलवाट पाल्पा प्रवेश गर्ने मुख्य नाकामा नै सडकको अवस्था नाजुक भएका कारण पर्यटकको संख्या शून्यमा झरेको छ । ढाका उद्योगलाई जीवन्तता दिनको लागि सरकारले स्पष्ट नीति ल्याउनु पर्ने व्यवसायी यादवसिंह कार्की वताउनु हुन्छ ।

लामो इतिहास वोकेको ढाकाले स्वदेशमामात्र नभई विदेशमा समेत राम्रो पहिचान बनाउन सफल भएको थियो । यस्त उद्योगहरु वन्द भए हजारौको रोजगारी गुम्दै विदेशी मुद्रा आर्जन गर्ने ढोका समेत वन्द हुने अवस्थ हुनेछ । ढाका उद्योगलाई स्थानीय,संघीय र प्रदेश सरकारले सहयोगकाे हात फैलाउन पर्ने देखिन्छ ।