May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दिपेन्द्रको निर्देशनमा ‘लकडाउन र चिसो मान्छे’ चलचित्र बन्ने

दिपेन्द्रको निर्देशनमा ‘लकडाउन र चिसो मान्छे’ चलचित्र बन्ने

निर्देशक दिपेन्द्र के खनालले दुई नयाँ चलचित्रको निर्देशन गर्ने तयारी थालेका छन् । दिपेन्द्रको निर्देशनमा बन्न लागेका २ चलचित्रमा क्रमशः ‘लकडाउन र चिसो मान्छे’ राखिएको छ । दुबै चलचित्रको नाम आज चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।

यी दुबै चलचित्रलाई सामाजिक कथावस्तुमा बनाउने तयारी गरिएको छ । चलचित्र ‘आमा’ बनाएको यो टिमले दर्शकको चाहना अनुसार चलचित्र बनाउने बताउँदै आएको छ ।

Advertisement

निर्मात्री शर्मिला पाण्डेका अनुसार, ‘चिसो मान्छे’को छायांकन पहिला हुनेछ । सरकारले छायांकनका लागि अनुमती दिएसँगै छायांकन प्रारम्भ गरिने शर्मिलाले बताइन् ।