May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

साउन १६, काठमानडौं । मंगलबार काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणले नयाँ मोड लिएको छ । उक्त घटनामा प्रहरीले सुन बरामद गरेर गाडीलाई नियन्त्रणमा लिन नसक्नुले प्रश्न उब्जाएसँगै प्रहरीले छानविन सुरु गरेयता घटनाले नाटकीय मोड लिइरहेको छ ।

प्रहरीकै प्रत्यक्ष संलग्नता देखिएको छ भने प्रहरीले नै लुकाउन लगाएको १ किलो सुन भेटिएसँगै यस्को रहस्य झन् गहिरिँदै गएको छ । प्रहरीले कमलादीस्थित कृष्ण पाउरोटी नजिकै जाँचका क्रममा बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडीलाई चेक गर्ने क्रममा झोला फ्यालेको अवस्थामा फेला पारेको अपराह्न पत्रकार सम्मेलन गर्दै जानकारी दियो ।

Advertisement

प्रहरीका अनुसार बरामद भएको सुनमा एक केजी लेखिएको थान ८,२५० ग्राम लेखिएको २६ थान र ५०० ग्राम लेखिएको एक थान पहेँलो धातुको टुक्रा थियो । जसमा गरिएको परीक्षणमा आधा केजी मात्रै सुनका रुपमा पुष्टि भएको थियो । प्रहरीले सुनसँगै माउजर मोडेल चाइना लेखिएको दुई थान पेस्तोल बरामद गरेको थियो ।

तर, यो विषय यतिमै सेलाएन । सञ्चार सेटबाट खबर गरेर एरिया सिल गरेर पनि बा ६ च ५५१९ नम्बरको स्कार्पियो पक्राउ गर्न सकिने अवस्था हुँदा त्यसो नभएको प्रति प्रश्न उब्जियो र छानबिन गर्न साउन १४ गते महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाय

समितिमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य, एसपी सामेन्द्र सिंह राठोर, अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र परिसरका राजकुमार केसीलाई राखियो । तर, २४ घण्टा नबित्दै समितिका संयोजक फेरिए । र, महानगरीय प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सुशील यादवलाई संयोजक बनाइयो ।

साउन १५ गते

संयोजक फेरिएदेखि नै एक प्रकारले प्रहरीमाथि नै आशंका बढीरहँदा प्रहरीले पूर्वी नवलपरासीबाट भारतीय नागरिक देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेल पक्राउ ग¥यो । त्यस्तै प्रहरीलाई सूचना दिने भनिएका कैशल पटेललाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका अभियुक्तको बयान, प्रहरीको थप अनुसन्धानले घटनामा प्रहरीको संलग्नता खुलेको छ ।

साउन १६ गते

महागनरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत प्रहरी जवान बहादुरसिंह कडायत र सादा पोशाकमा खटिएका जवान प्रशन्न श्रेष्ठसमेत अनुसन्धानमा तानिएका छन् । शुक्रवार बिहान प्रहरीले श्रेष्ठले लुकाएको सुनजस्तो देखिने एक किलो सुन पनि बरामद गरेको छ ।

पक्राउ परेकाहरुले दिएको बयानको आधारमा नै प्रहरीले छापा मारेको थियो । श्रेष्ठ प्रहरीलाई सुनको सुराकी दिने मानिस भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पक्राउपछि प्रहरी जवान कडायतसँग केही समयदेखि सम्पर्क भएको उनीहरुले बयानमा बताएका छन् । घटनाको अघिल्लो दिन उनीहरुबीच दरबारमार्गको एक रेस्टुरेन्टमा भेट भएको देखिएको छ ।

त्यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरको नख्खिपोटमा उनीहरु चढेको गाडी फेला परेको छ । सीसीटीभी फुटेजमा भएको गाडी र बरामद गाडीको स्वरुपमा भिन्नता देखिएको छ भने प्रहरीसँग भएको गाडीको पछाडि भ¥याङ र ऐना छ भने बरामद गाडीमा नदेखिएको समेत खुल्न आएको छ ।

प्रहरीको अनुसन्धानमा दरबारमार्गका डिएसपी दाहाल नेतृत्वले कमलपोखरी भनेपनि घटना सुन्धारामा भएको खुल्न आएको छ । तर, सुन्धारा आफ्नो क्षेत्र नपरेपछि घटनालाई कमलपोखरी देखाइएको छ ।

जवानले दिएको पूर्व जानकारीअनुसार गाडी दरबारमार्ग भएर आउने भएकाले डिएसपी दाहालले आफ्नो एरिया भएकाले अप्रेसन गर्ने तयारी गरेका थिए । तर, गाडी सुनधारा पुगेपछि घटनास्थललाई परिवर्तन गरेको पनि खुल्न आएको छ ।

प्रहरीको अनुसन्धानले घटनामा प्रहरीको मिलेमतो भएको प्रष्ट देखिएको भएपनि अझै अनुसन्धान जारी रहेकाले अन्य विषय विषय खुल्दै जाने देखिएको छ ।