April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
होटल खुले पनि चहलपहल नहुँदा व्यवसायी खिन्न

होटल खुले पनि चहलपहल नहुँदा व्यवसायी खिन्न

साउन १७, चितवनको पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । लकडाउनका कारण बन्द रहेका होटल रेष्टुरेन्ट खोल्न दिने सरकारी निणर्यसंगै होटल सञ्चालनमा आएका हुन् ।

स्वास्थ्य मापदण्ड र सावधानी अपनाउँदै खुलेका होटल तथा रेष्टुरेन्टहरुले पर्यटकका लागि छुटको व्यवस्था समेत गरेका छन् । तर तत्काल पर्यटक आउँने सम्भावना भने देखिन्दैन ।

Advertisement

कोरोनाको त्रास कायमै रहेका बेला होटल तथा रेष्टुरेन्ट खुले पनि तत्काल पर्यटक आउन सम्भावना देखिन्दैन । व्यवसायीले भने ग्राहक तान्न छुटको व्यवस्था गरेको छन् ।

तत्कालका लागि विदेशी पर्यटक भन्दा पनि चार महिनादेखि लकडाउनमा बसेका आन्तरिक पर्यटक तान्ने व्यवसायीको योजना छ । व्यवसायीले निकुञ्ज तथा सामुदायिक वनमा सफारी समेत सञ्चालनको तयारी गरेका छन् ।

व्यवसायीले आवास, खाना, हात्ती सफारी, जिप सफारी र डुङ्गा सयरमा ३० प्रतिशत छूट दिने भएका छन् । होटलको मुख्य प्रवेश द्धारमा हात धुने, स्यानिटाइजर लगाउने र ज्वरो नाप्ने व्यवस्था समेत गरिएको छ । होटलमा आउने ग्राहकले मास्क समेत अनिवार्य लगाउनु पर्नेछ ।

होटल बन्दा हुँदा दैनिक ३० लाख रुपैयाँसम्म घाटा भएको व्यवासायीहरुले बताएका छन् । पर्यटन वर्षलाई लक्षित गरेर लगानी गरेको कतिपय व्यासायीले लाकडाउनको समयमा ३६ करोटासम्म घाटा भएको वताएका छन् । सौराहामा १५० वटा पर्यटकीय होटल र ८० वटा रेस्टुरेन्टहरु छन् ।