May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बकर ईदकाे अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

बकर ईदकाे अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

साउन १७, प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (ईदुल जोहा)का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्।

बकर ईदको अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले विविधता बीचको एकता मौलिक पूँजी भएको र यसका माध्यमबाट देशलाई विकास र समृद्धिमा नयाँ उचाइमा पुर्याउनुपर्ने उल्लेख गर्नुभएको छ ।

Advertisement

“मुस्लिम समुदायको यस पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने छ भन्ने मेरो विश्वास छ,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ। मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने हाम्रो राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा ब्यक्त गर्दछु । साथै उहाँले, समृद्ध–नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आ–आफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा हार्दिक आह्वान समेत गर्नुभएको छ ।

बकर ईदलाई करिव चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्बानी ९बलिदानीको सम्झनास्वरुप मनाइने पर्वका रुपमा लिइन्छ।

यसैबीच, बकर ईदको अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले विषम परिस्थितिको ख्याल गर्दै घरमै बसेर बकर इद मनाउन र स्वास्थ्य सतर्कता अपनाउन सबै मुस्लिम समुदायलाई आग्रह गर्नुभएको छ । इस्लाम धर्म मान्ने मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताबीचको एकताका लागि नेपाल विश्वसामु उदाहरणीय रहेको बताउनुभएको छ ।

उहाँले बकर इद नमाज पढेर एकअर्कालाई शुुभकामना दिएर मनाइने उल्लेख गर्दै सभामुखले संयमता, आपसी सद्भाव, धैर्य, शान्ति र भाइचाराको सन्देश दिने यो पर्व सामूहिक एकता र भ्रातृत्वको पर्वसमेत भएको उल्लेख गर्नुभयो । यो वर्ष कोरोना भाइरसका कारण पहिलेजस्तो सहज ढङ्गले पर्व मनाउने अवस्था नभएको भन्दै सभामुख सापकोटाले बकर इदजस्ता पर्वले हामीबीच मजबुत एकता, दिगो शान्ति र आपसी सद्भाव बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।