April 11, 2026, Saturday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तानसेन–बुटवल पिच सडकखण्ड चिराचिरा परेर भासियो

तानसेन–बुटवल पिच सडकखण्ड चिराचिरा परेर भासियो

पाल्पा – तानसेन–बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ स्थित झुम्सा र पानी मिलको बीचमा पर्ने सिद्धार्थ राजमार्ग भासिएको छ ।

पिच सडक चिराचिरा परेर भासिएको छ। बिहीबार समान्य भासिएको राजमार्ग शनिबार थप भासिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपकराज खरेलले बताए। उनका अनुसार ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन। चार पाङग्रे हलुका सवारी साधन जेनतेन चल्न सक्छन्। 

Advertisement

भासिएको ठाउँमा जोखिम रहेकोले चारपाङग्रे हलुका सवारीबाहेक ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको उनले बताए। अर्को सूचना जारी नहुँदासम्मका लागि शनिबार दिउँसोदेखि ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो।