May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बरिष्ठ सह–सचिव चक्रबहादुर बुढालाई गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी

साउन १८, बरिष्ठ सह–सचिव चक्रबहादुर बुढालाई गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ । शनिबार गृहले मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको हो ।

केही दिन अगाडि मात्रै मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएका थिए ।

Advertisement

त्यसपछि मन्त्रालयका शान्तिसुरक्षा महाशाखा र प्रवक्ता रिक्त रहदै आएको थियो । यसअघि बुढा मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखको रुपमा रहेका थिए ।