April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सभामुख सहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

सभामुख सहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

साउन १८, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाको स्वकीय सचिवालयका कर्मचारी र  सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

Advertisement

गएराति प्राप्त कोरोना रिपोर्टमा सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए। 

पछिल्लो दिनमा प्रहरी हेडक्वाटरमा कार्यरत सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ति सुरक्षाकर्मीको समेत स्वाब संकलन गरेर परीक्षणका लागि दिइएको थियो। 

सभामुख सचिवालय स्रोतका अनुसार संक्रमण पुष्टि भएका सुरक्षाकर्मी साउन ६ गतेपछि भने निवासमा आएका थिएनन्। सभामुखको अगुवा गाडीमा रहने सुरक्षाकर्मी सवारी हुँदा निवास पुग्ने र अन्य समय हेडक्वार्टरमै बस्ने गर्थे।