April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यो साता कोरोना संक्रमणबाट विदेशमा २८ नेपालीको मृत्यु

यो साता कोरोना संक्रमणबाट विदेशमा २८ नेपालीको मृत्यु

काठमाडौं – कोभिड-१९ को संक्रमणका कारण विदेशमा यो साता २८  नेपालीको मृत्युु भएकाे छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ नेपालीको ज्यान गएको  छ। 

भारतमा यो साता थप २५ नेपालीको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको हो। भारतको महाराष्ट्रमा रहेका नेपालीहरु सबैभन्दा धेरै प्रभावित छन्।   

Advertisement

यस्तै यही साता  दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ। साउदी अरबमा  पनि २ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।

संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ नेपालीको मृत्यु भएको छ।