May 8, 2026, Friday
२०८३ बैशाख २५, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तीन दिन भारी वर्षा हुने

तीन दिन भारी वर्षा हुने

साउन १८, देशभर मनसुनी वायुको प्रभावले तीनदिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Advertisement

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।