May 14, 2026, Thursday
२०८३ बैशाख ३१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उच्च अदालत पाटनले दियो त्रिविको ताला खोल्ने आदेश

उच्च अदालत पाटनले दियो त्रिविको ताला खोल्ने आदेश

साउन १८, उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला खोल्न आइतबार अन्तरिम आदेश दिएको छ । त्रिविमा भएका नियुक्तिप्रति असन्तुष्टि जनाउँदै प्रजातान्त्रि प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक संघले उपकुलपति, सेवा आयोग, शिक्षाध्यक्ष, रजिष्ट्रारर मानविकी तथा सामाजिक शास्त्र संकायको कार्यालयमा ताला लगाएका छन् ।

तालावन्दीका कारण त्रिविको शैक्षिक, प्रशासनिक र आर्थिक गतिविधी प्रभावित भएको भन्दै त्रिविकै वन विज्ञान अध्ययन संस्थाका आर्थिक उप नियन्त्रक महेश्वरमान श्रेष्ठ र इन्जिनियरिङ अध्ययन संस्थानका शाखा अधिकृत गणेशलाल श्रेष्ठले रिट दायर गरेका थिए ।

Advertisement

अदालतका प्रवक्ता शम्भुकुमार रेग्मीले तालावन्दी खोलेर सम्पूर्ण क्रियाकलाप सुचारु गर्न अन्तरिम आदेश दिएको बताए । उनका अनुसार थप छलफलको लागि साउन २३ गते दुवै पक्षलाई अदालतमा बोलाउने निर्णय भएको छ ।