April 12, 2026, Sunday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

साउन १८, काठमाडाैं । नेपाल बार एसोसिएसनले आइतबार विज्ञप्ति निकालेर देशभरका बारहरुलाई शंकास्पद र विवादित देखिएका आदेश/फैसला संकलन गर्न र नेपाल बार एसोसिएसनमा पठाउन सार्वजनिक आग्रह गरेको छ । बारले फैसलाकाे अध्ययन गर्ने जनाएकाे छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ भन्छन् -”कोइरालाको घटनामा पुनरावलोकनको निस्सा नै भइसकेको छ । सर्वोच्च अदालत स्वयंले त्यो फैसलामा गल्ती वा त्रुटी छ भनेर महशुस गरिसकेको अवस्था हो । त्यहींबाट नै अब टुंगो लाग्छ । जन्मकैद सदर गरे पनि पुरानो ऐनको व्यवस्था टेकेकोमा विवाद हो । छिटै त्यसको निरुपण हुन्छ भन्ने हाम्रो भनाई हो । त्यसैले अदालतमै विचाराधीन भएको यो विषयमा अब हामी प्रवेश गर्दैनौं ।”

Advertisement

यसअघि पनि कानून व्यवसायीहरुको छाता संगठन बारमा फैसला अध्ययन गर्नेबारे पटकपटक छलफल भए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।