May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

१० जिल्लामा उच्च सावधानी अपनाउन आग्रह

साउन १९, अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती र प्रदेश ५ का धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

यी प्रदेशका थोरै ठाउँमा ठूलो पानी परिरहेको छ भने धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ । महाशाखाले १० जिल्लामा उच्च सावधानी अपनाउन समेत आग्रह गरेको छ । 

Advertisement

सिन्धुपाल्चोकको बलेफी जलाधार क्षेत्रमा ठूलो पानी परेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । सिन्धुपाल्चोकको धाप, गुमथाङ, बाह्रबिसे र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो ।

मेलम्ची, इन्द्रावती, बलेफीका केही साना सहायक नदीमा आकस्मिक बाढी आउने सम्भावना छ । साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

भोलिसम्म नै देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।