May 11, 2024, Saturday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

साउन १९, फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कंकाल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्‍कै एक महिनाअघिदेखि वेपत्ता रहेका १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला परको हो । 

उनको शव हड्डी भाँचिएको र मक्‍किएको अवस्था फेला परेका छ। उनले लगाएको लुगाका आधारमा आफन्तले पहिचान गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । बाबा जीवन गिरीले शवको जिम्मा लिएका छन् भने शब पोष्ट मार्टमका लागि अस्पताल लगिने तयारी भइरहेको उनले बताए । 

Advertisement

स्याङजाको चापाकोट नगरपालिका ५ घर भएका गिरी पोखरास्थित जनप्रिय क्याम्पसमा १२ कक्षाको परीक्षाको तयारीमा थिए । असार १८ गतेदेखि बेखबर रहेका उनको सोमबार (आज) मोटरसाइकल भेटिएको थियो।मोटसाइकल झिक्ने क्रममा गन्ध आएपछि खोजतलास गर्नेक्रममा सडेको अवस्थामा शव भेटिएको प्रहरी प्रवक्ता समेत रहेका अधिकारीले जनाए । 

माछा मार्न जाने व्यक्तिले आइतबार साँझ बुलेट मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए। पोखरा महानगरपालिका ५ पस्र्याङमा बस्दै आएका  गिरी ना ४० प ३७२० नम्बरको हरियो रंगको बुलेट बाइक भाडामा लिएर हिँड्ने गरेको आफन्तको भनाइ छ । 

बुलेट मोटरसाइकल र कंकाल फेला परेपछि प्रहरीले गिरी परिवारलाई घटनास्थलमा बोलाएको थियो । घटनास्थलमा भेटिएका लुगाका आधारमा कंकाल उनकै भएको परिवारले जनाएपछि आफन्तले सनाखत गरेका छन् । 

दुर्घटना हो वा हत्या हो यसबारे एकिन गर्न नसकिएको प्रहरीले बताएको छ।यसबारे थप अनुसन्धान हुने प्रनाउ अधिकारीले जानकारी दिए ।