April 11, 2026, Saturday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कोरोना संक्रमण देखिएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकामा तीन वडा सिल

साउन १९, सुनसरीको बराहक्षेत्र नगरपालिकामा तीन वडा सिल गरिएको छ।  एकजना कपाल काट्ने हजामलाई कोरोना संक्रमण देखिएपछि बराहक्षेत्र नगरपालिकाका ५, ६ र ८ नम्बर वडा सिल गरिएको मेयर निलम खनालले जानकारी दिए। 

बराहक्षेत्र नगरपालिकाको चक्रघट्ट बजारमा सैलुन संचालन गर्दै आएका ३६ वर्षीय पुरुषलाई ज्वरो आएपछि स्वाब संकलन गरी बिपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान पठाइएको थियो। उनको स्वाबको रिपोर्ट पोजिटिभ आएपश्चात सोमबार बिहानैदेखि बराहक्षेत्र नगरपालिकाका तीनवटै वडा पूर्ण रुपमा सिल गरी आवत जावत बन्द गरिएको मेयर खनालले बताए। 

Advertisement

संक्रमितले २ सयभन्दा बढीको कपाल काटेकाले कन्ट्रयाक ट्रेसिङ गरी सबैको पहिचान गर्नका लागि वडा सिल गर्नुपरेको खनालले बताएका छन्। सिल गरिएका वडामा संक्रमितसँग कपाल काट्ने व्यक्तिको खोजी भइरहेको मेयर खनालले बताए।