May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जोखिम बढ्न थालेपछि सरकार गम्भीर

जोखिम बढ्न थालेपछि सरकार गम्भीर

साउन २०, संघीय राजधानीसहित देशभर कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि सरकार गम्भीर बनेको छ । जोखिम चुनौतीपूर्ण बन्न सक्ने सम्भावना देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने या नगर्ने बारेमा सरोकारवाला निकायका विज्ञहरुसंग छलफल गर्ने तयारी गर्नु भएको छ ।

 ‘आज मंगलबार प्रधानमन्त्री ओलीले यस विषयमा जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने विज्ञहरुसंग छलफल गर्दै हुनुहुन्छ’ बालुवाटार निकट स्रोतले बतायो ‘प्रधानमन्त्री ओलीले छलफलको आधारमा नै निर्णय लिनु हुनेछ । ’

Advertisement

प्रधानमन्त्री ओलीले छलफलका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा आवद्ध मन्त्रिपरिषद्का सदस्यहरु ,सचिव , बिभिन्न क्षेत्रका विज्ञहरु र जनस्वास्थ्य क्षेत्रका विज्ञहरुसंग मंगलबार छलफल गर्नु हुने पनि बालुवाटार स्रोतको भनाइ छ ।