May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
झुन्डिएको अवस्थामा भेटियो

झुन्डिएको अवस्थामा भेटियो

साउन २०, कञ्चनपुरको लालडाडी गाउँपालिका ६ का ५० वर्षीय टीका राम चाैधरी यहीँ साउन १६ गते (शुक्रबार) घरबाटै हराएका थिए । हराएका चाैधरी ४ दिनपछि रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् ।

उनको शव साेमबार घर नजिकैकाे उखुबारी भित्र रुखमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।

Advertisement

मृतक चाैधरी कहिलेकाहीँ मदिरा सेवन गरेर ढिलाेगरि घर आउने भएकाले खाेजिमा चासाे नदिएको परिवार स्रोतले जनाएको छ । मृत भेटिएका चाैधरीकाे शव परिवारको जिम्मा लगाइएकाे छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक चन्दले बताए ।

यस्तै, केही दिन अघि मात्रै बेलाैरी नगरपालिका ७ भगतपुरमा एक बृद्ध खाती दम्पती माथि अज्ञात समुहले साँघात्मिक हमला गरेकाेे थियो । अज्ञात समुहले ५५ बर्षिया बेलीदेवी खाती र उनका ६२ बर्षिया श्रीमान घनश्याम खातीमाथि धारिलो हतियार प्रहार गरेको थियो । आक्रमणकारीले हतियार प्रहार गरि ५५ बर्षिया बेलीदेवीको घटना स्थलमै विभत्स हत्या गरिदिएका थिए ।

भने उनका ६२ बर्षिया श्रीमान घनश्याम खातीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेज रिर्फर गरिएको थियो । उनको छातिमा गहिरो चाेट छ ।

उक्त घटना सम्बन्धमा प्रहरी अपराधीकाे नजिक पुगिसकेको प्रहरीले जनाएकाे छ । मानवरुपि महा-दानब हरुलाई कानुनकाे कठघरामा उभ्याएरै छाेड्ने प्रहरी निरीक्षक चन्दले जिकिर गरे ।उनलेे पछिल्लो समय बेलाैरीमा घटेका विभिन्न अपराधिक घटनाको विभिन्न काेणबाट सुक्ष्म अनुसन्धान भइरहेको समेत बताए ।