April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

साउन २०, आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । 

बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिकाे मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Advertisement

महाशाखाकी मौसमविद् मञ्‍जु बासीकाअनुसार देशका अरु ठाउँमा पनि हल्कादेखि मध्य खालको वर्षाको संभावना छ । 

राति पूर्वबाट ठूलो पानी पार्ने प्रणाली प्रवेश गरेर पश्चिम सर्ने क्रममा भोलि प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।

आज दिउँसो भने देशभरिकाे मौसम सामान्य बदली भई देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने उहाँले बताउनुभयो । 

अहिले भने धेरै ठाउँमा पारिलो घाम लागेको छ । केही ठाउँको मौसम बदली भएको छ ।