May 15, 2026, Friday
२०८३ जेष्ठ १, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राजस्व कार्यालय, बुटवलका प्रमुख  घुस लिएको आरोपमा पक्राउ

राजस्व कार्यालय, बुटवलका प्रमुख घुस लिएको आरोपमा पक्राउ

बुटवल– राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विजय राना सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

रानालाई अख्तियार अनुसन्धान आयोगको बुटबल कार्यालयले मंगलबार पक्राउ गरेको हो । उनी २ लाख रुपैयाँ घुस रकम लिँदालिँदै पक्राउ परेको जनाइएको छ । घुस दिएको आरोपमा एक व्यापारी समेत पक्राउ परेका छन् ।

Advertisement

रुपन्देहीका गुटखा उद्योगी तथा चिनी व्यवसायी अनिलकुमार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई घुस दिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

बेलवासमा रहेको राजस्व अनुसन्धान कार्यालयमा गुटखा व्यापारीसँग मासिक घुस रकम बापत रकम लिँदै गरेको अवस्थामा अख्तियार टोलीले पक्राउ गरेको आयोगका बुटवल प्रमुख डा. भीष्म भुसालले बताए ।