May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली सेनाको प्रकौली व्यारेकका १४ जनामा कोरोना संक्रमण

नेपाली सेनाको प्रकौली व्यारेकका १४ जनामा कोरोना संक्रमण

साउन २०। प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा ३६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा १५ जना, धनुषामा १२ जना, सप्तरीमा ७ जना, सिरहामा १ जना र सर्लाहीमा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ५ हजार ४५ पुगेको छ ।

संक्रमितमध्ये ४ हजार ५ सय ८८ पुरुष र ४ सय ५७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनुभयो ।

Advertisement

महोत्तरीमा संक्रमण पुष्टि भएकाहरुमा रणभीम गण प्रकौली ब्यारेक जलेश्वरमा कार्यरत २४ देखि ४७ बर्ष उमेर समुहका १४ जना नेपाली सेनाका रहेका छन् । यस्तै धनुषामा बैंक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ भने स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ ।

यस प्रदेशमा मंगलबार मात्रै सप्तरीमा २ सय ८, सिरहामा १४, धनुषामा ७८, महोत्तरीमा ५१, सर्लाहीमा ३६, रौतहटमा ८६, बारामा ९५ र पर्सामा २८ जना गरी ५ सय ९६ जनाको स्वाब संकलन गरिएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा २७ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १, सर्लाहीका १८ र बाराका ८ जना व्यक्तिहरु छन् ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय ५४, सिरहाका १ सय ६६, धनुषाका ५ सय ८०, महोत्तरीका ३ सय ४४, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५०, बाराका १ सय ७० र पर्साका १ सय ९५ जना गरी ३ हजार २ सय ११ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १२, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरी १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।