May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा १ लाख १ हजार ४०० पुग्यो

सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा १ लाख १ हजार ४०० पुग्यो

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै  नयाँ कीर्तिमान कायम भएको हो । 
मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने बताएको छ ।

महासंघले आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको बताएको छ । 

Advertisement