April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बुधबार राति १२ बजेबाट धरानमा सात दिन लकडाउन

बुधबार राति १२ बजेबाट धरानमा सात दिन लकडाउन

धरान – बुधबार राति १२ बजेबाट लागु हुनेगरी एक साता लकडाउन हुने भएको छ।

आज बसेको धरान उपमहानगरपालिकाको बैठकले समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन्।

Advertisement

‘पछिल्लो समय धरानमा समुदायमै कोरोना संक्रमण फैलिएको हुनसक्ने भन्ने खबर पायौं। यसको परीक्षण गरेर एकिन गर्न एक साता लकडाउन गर्ने भनिएको हो’ उनले भनिन्, ‘जिल्ला सुरक्षा समितिले त्यहीँ सुझाव दिनुभएको छ।’

उनले जनस्वास्थ्यविद्हरुसँग छलफल गर्दा पनि उनीहरूले एक साता लकडाउन गरेर परिस्थिति अनुसार अघि बढ्न सुझाएको बताइन्।

योसँगै आज मध्यरातबाट धरानमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ।

उपमेयर सुवेदीले समुदायमा संक्रमण फैलिएको यकिन गर्न ५ सय बढीको परीक्षण गर्ने तयारी रहेको जनाइन्।

‘उक्त परीक्षण गरेपछि कस्तो नतिजा आउँछ अनि त्यही अनुसार लकडाउन थप्ने वा हटाउने निर्णय हुन्छ,’ उनले भनिन्।

पछिल्लो समय धरानमा विद्यार्थी र ट्रभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ।