May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना अपडेटः बुधबार नेपालमा ३८१ जनामा  संक्रमण, १३० डिस्चार्ज

कोरोना अपडेटः बुधबार नेपालमा ३८१ जनामा संक्रमण, १३० डिस्चार्ज

काठमाडौं – बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।

Advertisement

बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट बुधबार थप २ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

कहाँ कति जना संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पर्सामा १५१ जना, काठमाडौंमा ५७ जना, बारामा २८, महोत्तरी र स्याङ्जामा १७/१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मोरङमा १४, बाँकेमा १३, धनुषामा १२, बझाङमा ११, सुर्खेतमा १०, कपिलवस्तुमा ९, सप्तरीमा ८, ललितपुर र सर्लाहीमा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।