April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
देउवा निवासमा  दुई पक्षका नेताहरुको बैठक जारी

देउवा निवासमा दुई पक्षका नेताहरुको बैठक जारी

काठमाडाैं-पार्टीभित्रको विवाद बढ्दै गएपछि सहमति खोज्न पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पाैडेलसमूहका नेतालाई बैठकका लागि बोलाएका छन्। देउवा निवास बुढानीलकण्ठमा दुई पक्षका नेताहरुको बैठक जारी रहेको बताइएको छ। विभाग गठन, क्रियाशील सदस्यता वितरण/ नवीकरण र केन्द्रीय सदस्य रहेकाे व्यक्तिले भातृ संस्थाका पदाधिकारी नत्यागेको विषयमा विवाद छ। सभापति देउवाले गठन गरेको विभाग विधानविपरीत भएको भन्दै पौडेल पक्षले मान्य नहुने बताइरहेको छ।

महाधिवेशन सकिएको २ महिनाभित्र गठन हुनुपर्ने विभाग महाधिवेशन कार्यतालिका प्रकाशित भएपछि  गठन भएको थियो। देउवाले विभाग संख्यासमेत बढाएका छन् भने २० विभागमा प्रमुख तोकिसकेका छन्।

Advertisement

असार २५ बाट सुरु भएको क्रियाशील सदस्यता वितरण/ नवीकरणमा संस्थापन पक्षले पार्टी संरचनाभन्दा बाहिरबाट फारम पठाएको आरोपसमेत लागेको छ।