May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नायिका अनु, अब गायिका पनी

नायिका अनु, अब गायिका पनी

काठमाडौं- प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, परमिता आर एल राणा, रेखा थापा, निरुता सिंह लगायत गायिका बनिसकेका छन् । तर, गायिकाहरुले गायन कलामा आफूलाई स्थापित गर्न भने सकेका छैनन् ।

अब, अर्की नायिका पनि गायिका बन्ने दौडमा लागेकी छिन् । चलचित्रमा असफल भएकी नायिका अनु शाहले एउटा गीतमा आवाज भरेकी छिन् । अनुले शान्तिप्रियको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा तयार भएको एक गीतमा आवाज भरेकी हुन् ।

Advertisement

गायिका अनुले आफूलाई सानैदेखि गीत गाउने रहर भएपनि अहिले आएर पुरा भएको बताइन् । अनुले दर्शकले आफ्नो स्वर मन पराउने अपेक्षा समेत व्यक्त गरेकी छिन् । नायिका शाह पछिल्लो समय केही म्यूजिक भिडियोमा अभिनय गरिरहेकी छिन् । उनले हालै मात्र एक तीजको म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।