April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
२४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना संक्रमण

२४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित हालसम्म नेपालमा २१ हजार ७ सय ५० जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १५ हजार ३८९ उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७० दशमलव ५७ प्रतिशत भएको मन्त्रालयले जनाएको छ। हाल ९ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्।  

Advertisement