May 15, 2026, Friday
२०८३ जेष्ठ १, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाग्लुङ – बडिगाड गाउँपालिका–७ की १७ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।  सुत्केरी व्यथा लागेकी लक्ष्मी गुरुङलाई सुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो।  

शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण स्वास्थ्य चौकीले सुत्केरी गराउन सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङलाई रिफर गरेको थियो।  बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चूणामणि कँडेलले जानकारी दिए। लक्ष्मीलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट उद्धार गरिएको हो।

Advertisement

गर्भवतीको साल पहिलै निस्कदा शिशुको ज्यान जोखिममा पर्ने भएकाले तत्कालै उद्धारको आवश्यकता पर्ने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सौगात कोइराला जानकारी दिए। उनका अनुसार यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर शिशु निकाल्नुपर्ने हुन्छ।