May 15, 2026, Friday
२०८३ जेष्ठ १, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राजविराजमा करेण्ट लागेर एक जनाको मृत्यु

राजविराजमा करेण्ट लागेर एक जनाको मृत्यु

सप्तरी – पानी तान्ने मोटरबाट करेण्ट लागेर सप्तरीको राजविराजमा आज एक जनाको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–१ बस्ने ३५ वर्षीय इजलाम आलमको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । घरको पानी तान्ने मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तीलक भारतीले बताउनुभयो ।

Advertisement