April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा  मुद्दा

सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीपुर गाउँपालिका कैलालीका नायब सुब्बा सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सिलाइकटाइ तालिम, सैलनु र चुरा बनाउने तालिम दिइ सफलतापूर्वक सम्पन्न गरी चेक भुक्तानी गरेपछि सेवाग्राहीसँग घुस माग गर्दै गरेको भन्ने सूचनाका आधारमा कञ्चनपुरबाट गएको आयोगको टोलीले जोशीलाई केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी जोशी सेवाग्रहीसँग रु ८५ हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो ।

Advertisement

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार जोशीविरुद्ध बिगो असुल गरी कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको हो ।