May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतीय सिरियलमा नेपाली अभिनेत्री निरिशा

भारतीय सिरियलमा नेपाली अभिनेत्री निरिशा

निरिशा बस्नेतले नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनको अभिनयको प्रशंसा भएको थियो ।

अहिले उनी भारतको मुम्बईमा छिन् । हालै कोरोना संक्रमणबाट निको भएकी उनले भारतको चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा समेत अभिनय गरेकी छन् ।   सिरियलमा आफ्नो भूमिकाबारे उनले भनिन्, ‘मेरो केमियो हो तर भूमिका कमजोर छैन । सिरियलमा मेरो कारणले नयाँ ट्विस्ट आउँछ । मेरो प्रवेशपछि कथा मोडिन्छ । मैले तीन महिना ‘चन्द्र नन्दिनी’ र दुई हप्ता ‘तेनाली रामा’ गरेँ । तर, त्यो तीन महिनाभन्दा यो दुई हप्ताको यात्रा तुलनात्मक हिसाबले बलियो छ ।’ उनले सिरियलमा निर्वाह गरेको चरित्रको बारेमा भने जानकारी दिइनन् ।   

Advertisement

‘जानी नजानी’ गर्नका लागि निरिशा भारतबाट नेपाल आएकी थिइन् । यो फिल्मको छायांकन र प्रचारका लागि एक वर्ष समय दिँदा उनको हातबाट धेरै भारतीय प्रोजेक्टहरु फुत्केको थियो । फिल्म प्रदर्शन लगत्तै उनी भारत फर्किइन् । तर, एक वर्ष नेपाल बसेका कारण उनलाई पुनः मुम्बईमा सेटल हुन केही समय लाग्यो । अहिले आफूले काम र दाम दुवै राम्रो पाइरहेको उनी बताउँछिन् ।    गत वर्ष दुईवटा सिरियलको छायांकन सकाएकी उनले एक साउथ फिल्म समेत साइन गरेकी छन् । ‘लकडाउन हुनुभन्दा अगाडि म साउथ फिल्मको छायांकनका लागि चेन्नई गएको थिएँ । छायांकनको पहिलो दिनबाटै भारतमा लकडाउन भयो ।

त्यसपछि मुम्बई फर्किएर सिरियल गरेको हुँ । अब लकडाउन खुलेपछि साउथ फिल्मको बाँकी छायांकन गर्नेछु,’ निरिशाले भनिन् ।   उनलाई बलिउड फिल्ममा पनि काम गर्ने इच्छा छ ।

तर, बलिउडमा आफ्नो लुक्सलाई सुहाउने खालको चरित्र नलेखिने उनको भनाई छ ।