May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना रिपोर्ट पोजेटिभ, उपचार गर्न लैजादैँ गर्दा बाटोमै मृत्यु

कोरोना रिपोर्ट पोजेटिभ, उपचार गर्न लैजादैँ गर्दा बाटोमै मृत्यु

सप्तरी – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ का ७२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजका निमित मेडिकल सुपरिडेंट डाक्टर रंजित झाका अनुसार करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

Advertisement

मृतक थाइराईड तथा मुटु सम्बन्धित रोगी रहेका थिए ।